डा स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ सार्वजनिक
काठमाडौँ । भविष्यका कर्णधार बालबालिकाको समुज्ज्वल जीवनका लागि शास्त्रीय आधार दिने उद्देश्यले डा स्वामी केशवानन्दले ‘संस्कार शिक्षा’ पुस्तक सार्वजनिक गर्नुभएको छ ।
स्वामी केशवानन्दले लेख्नुभएको पुस्तक आज पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा पञ्चकन्याबाट सार्वजनिक भएको हो ।

सनातन संस्कृति र मानवीय मूल्यको सर्वोत्कृष्ट यात्राका लागि पुस्तक तयार पारिएको उहाँले बताउनुभयो ।
संस्कारहीन व्यक्ति चरित्रहीन हुने, धनहीन हुँदा समस्या नहुने तर चरित्रहीन हुँदा पछि कमाउन नसकिने भएकाले भावी पुस्ताका लागि पुस्तक आवश्यक भएको डा स्वामी केशवानन्दले बताउनुभयो ।
पुस्तकमा गणेशवन्दना, सरस्वतीवन्दना, शिवस्तुति, गुरुवन्दना, देवीवन्दना, विष्णस्तुति, लक्ष्मीवन्दना, सूर्यवन्दना, कृष्णस्तुति, रामवन्दना, हनुमद्वन्दना लगायत विभिन्न चाडपर्वलगायत संस्कार शिक्षाका बारेमा उल्लेख गरिएको छ ।
११९ पृष्ठको पुस्तक भाना फाउन्डेसनले प्रकाशन गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्