तपाईँ सुन्दै हुनुहुन्छः

कार्यालय प्रमुख विहीन भएपछि सेवा प्रवाहमा समस्या 

विराटनगर । विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । 

कार्यालयका कार्यालय प्रमुखले साउन महिनामा अवकाश पाएपछि अहिले कार्यालय प्रमुख विहीन भएको छ ।  सेवाग्राहीको बढी चाप हुने सो  कार्यालय प्रमुख विहीन भएपछि कार्यालयले प्रदान गर्ने अनुज्ञापत्र जारी, उद्योगहरूको नवीकरण तथा बजार अनुगमन जस्ता विभिन्न कार्यहरू रोकिएर बसेका छन् ।

कार्यालयमा नयाँ उद्योग खोल्न तथा उद्योगको नवीकरण गर्न अहिले दैनिक २० देख २५ जना जना सेवाग्राही आउने गरेकोमा सेवाग्राही त्यतिकै फर्कने गरेको कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले बताउनुभयो ।

कोशी प्रदेश अन्तर्गतको सो कार्यालयले प्रदेशका १२ सय बढी उद्योगलाई सेवा प्रदान गर्दै आएको छ । कार्यालय प्रमुख नहुँदा अहिले सो कार्यालयले सेवाग्राहीहरूको निवेदन मात्र सङ्कलन गर्ने गरेको छ ।

नयाँ आर्थिक वर्ष लागेसँगै साउनदेखि असोज मसान्तसम्म सेवाग्राहीको चाप अत्यधिक बढ्ने भएकाले अहिले निकै समस्या भएको खाद्य अधिकृत सुवेदीको भनाई छ । अनुज्ञापत्र जारी तथा नवीकरण र नयाँ उद्योग स्थापनाका लागि कार्यालय प्रमुखले  सिफारिस गर्नु पर्ने हुन्छ । कोशी प्रदेशको राजधानीस्थित सो कार्यालयले  वर्षमा ५ हजार बढी खाद्य वस्तुहरूको नमुना परीक्षण तथा जाँच गर्दै आएको छ । दरबन्दी अनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या पर्दै आएको अवस्थामा कार्यालयमा कार्यालय प्रमुख नभएपछि प्रायः धेरै काम अहिले अलपत्र अवस्थामा रहेको कर्मचारीहरू बताउछन ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button