कोशी प्रदेश ट्राफिक प्रहरीको वार्षिक कार्य सम्पादन सम्झौता

सुनसरी । कोशी प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी एवं व्यवस्थित बनाउन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले वार्षिक कार्य सम्पादन सम्झौता गरेको छ ।
कोशी प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी एवं व्यवस्थित बनाउन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले ५ जिल्ला (झापा, मोरङ, सुनसरी, धनकुटा र इलाम) का ट्राफिक प्रहरी प्रमुखहरूसँग समुपस्थितिमा र अन्य ९ जिल्लाका प्रमुखसँग जिल्लागत आदान प्रदानका आधारमा वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

आ–आफ्नो जिम्मेवार कार्यक्षेत्र भित्र ट्राफिक व्यवस्थापन अन्तर्गत बर्ष भरी गरिने प्रत्येक कार्यको लक्ष्य निर्धारण गरी लक्ष्य अनरुप कार्य सम्पादन गर्दै लैजान १४ वटै जिल्लाका ट्राफिक प्रमुखहरूसँग लिखित प्रतिबद्धता स्वरूप वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
ट्राफिक प्रहरी प्रमुखले सम्झौतामा उल्लेख भए अनुसारका कार्यहरू अक्षरशः पालना गरी कार्यान्वयन गर्न हुन जिल्ला ट्राफिक प्रहरी प्रमुखहरूलाई निर्देशन समेत दिएको प्रमुख प्रहरी उपरीक्षक महतोले जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्