तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी मोर्चाको धनगढीमा हुने भनिएको कार्यक्रम स्थगित

धनगढी । समाजवादी मोर्चा नेपालको आज धनगढीमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ । सभाको व्यवस्थापन एवं संयोजक गरेको नेकपा एकीकृत समाजवादीका नेता दिर्घराज जोशीले आजका लागि तय भएको सन्देश सभा स्थगित गरिएको जानकारी दिनुभयो । विशेष कारणवस सभा स्थगित भएको उहाँले बताउनु भयो । 

मोर्चाको सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button