संसदले अनुमोदन गरेकोले एमसीसी कार्यान्वयनमा जान्छ, व्याख्यात्मक टिप्पणीकाे अर्थ छैन : अध्यक्ष ओली
विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदले एमसीसी अनुमोदन गरेको भन्दै याे कार्यान्वयनमा जाने बताउनुभएको छ ।
विराटनगरमा विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौताका विषयमा १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताउनुभयाे । एमसीसी पास गराउन संसदमा ल्याइएको १२ वुदेँ व्याख्यात्मक टिप्पणी जनता झुक्याउनमात्रै आएकाले यसको कुनै अर्थ नरहेको उहाँले बताउनुभयो ।
एमसीसीको पास गराउने क्रममा ल्याइएको व्याख्यात्मक टिप्पणी नेपाली ससंदका लागि धोकामात्र भएको उहाँको भनाई थियो ।अध्यक्ष ओलीले राजनीतिक स्वार्थका नाममा धार्मिक सद्भाव बिथोल्ने कार्य कसैले गर्न नहुने बताउनुभयो ।
हिमाल पहाड तराई मधेसका सबै जातजाति समुदायको बीचको एकता बिथोल्ने प्रयास भइरहेकाले त्यसतर्फ नेपाली जनता सजग र सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो । नेपालमा जारी भएको चुच्चे नक्सा नै नेपालको आधिकारिक र वास्तविक नेपालको नक्सा भएको उहाँको भनाई थियो ।
हरेक विषयमा माओवादी पार्टीले अहिले समस्या सृजना गरिरहेको भन्नुहुँदै उहाँले सरकारको नेतृत्वगर्ने पार्टीले यस्तो कार्य गर्न नसुहाउने बताउनुभयो । कोशी प्रदेश सरकारको विषयमा बाेल्नुहुँदै उहाँले अब नेकपा एमालेको नेतृत्वमा कोशी प्रदेशमा सरकार बन्ने र त्यही सरकारले बहुमतको आधारमा विश्वासको मत पाउने दाबी गर्नुभयाे ।








प्रतिक्रिया राख्नुहोस्