तपाईँ सुन्दै हुनुहुन्छः

सद्भावको शहर नेपालगन्जमा चाडपर्वको रौनक

बाँके । बाँके जिल्लाको नेपालगन्ज शहरलाई सद्भावको शहर भनेर चिन्ने गरिन्छ । जुनसुकै धर्म विशेषको चाडपर्व आए पनि नेपालगन्ज शहरको त्रिवेणी मोड लाइन र बागेश्वरी मन्दिरलाईन बेहुली जस्तै सजिएको हुन्छ।

यति बेला हिन्दु धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन नजिकै आएको छ। भाइ बहिनीको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतीक रक्षाबंधनको महा–पर्वलाई लिएर नेपालगञ्जको मुटु मानिने त्रिभुवन चौक देखि त्रिवेणीमोड सम्म पसलहरू भरिभराउ छन् । रङ्गीबिरङ्गी राखी रक्षाबन्धन अनि विभिन्न प्रकारका मिठाई तथा फलफूलले बजारमा रौनकता बढाएको छ मानिसहरूको भिडभाडले बजार अरुबेला भन्दा बढी चहलपहल भएको छ ।

बजारमा राखिहरुको खरिद–बिक्री शुरु भइसकेको छ । बजारमा हरेक वर्ष जस्तै यो वर्ष पनि बालबालिका देखि ठूलो उमेरका लागि राखिहरु फरक फरक खालका उपलब्ध छन् । बच्चाहरूलाई लोभ्याउनलाई उनीहरुलाई मन पर्ने कार्टुन एवं मन पर्ने खेलौना जडित विभिन्न प्रकारका बच्चा बच्ची लोभ्याउने र आकर्षित गर्ने गरि राखिहरु बजारमा उपलब्ध देखिन्छ । पसलमा बच्चाहरूका लागि छोटा भीम, बाल हनुमान, डोरेमोन आदि कार्टुन चित्रण राखी बजारलाई भरिभराउ गराइएको छ।

बजारमा ५० रुपैयाँ देखि दुई सय रुपैयाँ वा सो भन्दा अधिक मूल्य सम्मको विभिन्न खाले राखिहरु उपलब्ध छन् । रक्षा बन्धन पर्वलाई मध्ये नजर गरी जिल्ला प्रशासनले ठाउँ–ठाउँमा चेकजाँचमा कडाई गइरहेको छ ।चाड पर्वको बेला जहाँ बढी भिडभाड हुन्छ त्यहाँ चोरी लुटपाटका घटना घट्ने गरेको विगतका वर्षहरूमा पाइएको हुँदा त्यस्ता घटना नदोहोरिउन् भनेर प्रहरीले निगरानी बढाएको छ ।

त्रिभुवन चोकमा प्रहरीको तर्फबाट अरुबेला भन्दा बढी सुरक्षाकर्मीहरूलाई आमजनताको सेवामा खटाइएको छ। नागरिकहरूको सहजताको लागि त्रिभुवनचौक देखि त्रिवेणीमोड सम्म चार पाङग्रे र तीन पाङग्रे गाडीलाई निषेध गरिएको छ । बजारमा चाडपर्व लक्षित पसलहरू थपिएपछि पैदल यात्रीलाई आवागमनमा समस्या पर्ने हुँदा गाडीहरूको आवागमन आज र भोलिको लागि बन्द गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button