कञ्चनपुरमा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।
बेलौरी नगरपालिका–८ पचुइ, स्कुल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो। अत्यधिक ज्वरो आएपछि उपचारका लागि धनगढी ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।
रोजगारीको सिलसिलामा भारतमा रहेका उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए।
बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो।
एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारले उपचारका लागि धनगढी लगेका थिए। भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्