२८ किलोबाट क्रान्तिकारी माओवादीका तीनजना कार्यकर्ता पक्राउ

काभ्रेपलान्चोक । काभ्रे प्रहरीले एमसीसीका विरुद्ध भित्ते लेखन गर्दै आएका तीन जनालाई पक्राउ गरेको छ ।
आज उनीहरुलाई धुलिखेल नगरपालिकाको २८ किलोबाट पक्राउ गरिएको हो । गो ब्याक एमसीसी का नाराहरूको भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन जना नेता पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पार्टीका केन्द्रीय सदस्य ढोगप्रसाद अधिकारी, प्रदेश सदस्य असल मोक्तान र जिल्ला सदस्य मेजरमान थिङ रहेका रहेका छन् ।
पक्राउ परेका नेताहरूलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ । हिजो पनि ढोगप्रसाद अधिकारी, असल मोक्तान र प्रदीप अस्तानीलाई प्रहरीले बनेपाबाट पक्राउ गरेको थियो । उनीहरुलाई २ घण्टा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपालमा भोलीबाट एमसीसी परियोजना लागु हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्