तपाईँ सुन्दै हुनुहुन्छः

भेन्टिलेटर, अल्ट्रासाउन्ड लगायतका २ सय ३३ उपकरण प्रयोगविहीन भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको विशेष समयमा सांसदहरूले देशको सबै भागमा डेंगी फैलिएकाले यसको नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचार र मानव तस्करीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

सांसदहरूले कसैले पनि विभेद, अतिवादीलाई प्रशय दिन नहुने भन्दै नेपालमा सनातनदेखि चलिआएको धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्ने, मुलुकमा हिंसा भड्काउने काम कसैले गर्न नहुने, स्वास्थ्य क्षेत्रको सेवालाई प्रभावकारी बनाउन खरिद गरिएका भेन्टिलेटर, अल्ट्रासाउन्ड लगायतका २ सय ३३ उपकरण प्रयोगविहीन भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यसैगरी सांसदहरूले जनताले लोडसेडिङ भोगिरहँदा सरकारले उद्योगलाई विद्युत् उपलब्ध गराए पनि त्यस बेलादेखिको उद्योगहरूले विद्युत्को बक्यौता नतिरेको प्रति सरकारको ध्यान जानुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button