तपाईँ सुन्दै हुनुहुन्छः

गत आर्थिक वर्ष धनकुटामा ३ सय २१ उद्योग दर्ता

धनकुटा । धनकुटामा गत आर्थिक वर्षमा ३ सय २१ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

धनकुटामा आर्थिक वर्ष २०७८/०७९ ५ सय १६ उद्योग दर्ता भएका थिए । धनकुटामा आर्थिक वर्ष २०७५/७६ मा ५ सय ३७, आर्थिक वर्ष २०७६/७७ मा ३ सय ९७ र आर्थिक वर्ष २०७७/०७८ मा ३ सय ३६ उद्योग दर्ता भएका थिए ।

गत आर्थिक वर्षमा दर्ता हुने उद्योगमा कृषि तथा वन पैदावारमा आधारित २ सय १, पर्यटन ५५, सेवामूलक ५१ र उत्पादनमूलक १४ रहेका छन् । उद्योग दर्ताबाट एक हजार २ सय ४ जनामा रोजगारी सिर्जना भएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सूचना अधिकारी विकास कार्कीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष वाणिज्यतर्फ ७० वटा फर्म दर्ता भएका छन् ।

उद्योगतर्फ २९ र वाणिज्य तर्फ ९ वटा खारेज भएका छन् । उद्योग र वाणिज्य दर्ताबाट गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयले २७ लाख १२ हजार ९ सय ७७ राजस्व सङ्कलन गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button