तपाईँ सुन्दै हुनुहुन्छः

झापामा साइकलबाट लडेर एक जनाको मृत्यु 

भद्रपुर, झापा । झापाको बिर्तामोडमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । 

बिर्तामोडस्थित मुक्तिचोक छेउको प्रसाईँ सुपर मार्केटअगाडि एक व्यक्ति आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अन्दाजी ३५ वर्षको मधेसी समुदायको जस्तो देखिने व्यक्ति ढलभित्र मृत अवस्थामा भेटिएको हो । घटनास्थलमा उनले प्रयोग गरेको साइकल समेत भेटिएको छ ।

ढलभित्र मानिस मृत भेटिएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल वरिपरि लगाइएको सिसी टिभी फुटेज हेर्दा साइकलमा सवार ती व्यक्ति आफै अनियन्त्रित भएर ढलमा गएर लडेको प्रस्ट देखिएको डीएसपी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

मृतकको पहिचान नखुलेकाले पहिचान खुलाउन सोधपुछ भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button