नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बाँके । नेपालगन्ज उपमहानगरपालिका-१ बिशालनगर चोकस्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
लु.८२प ६४६८ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१८ बस्ने ३६ वर्षीय प्रदीप थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा सोमबार मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
थप घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्