भुटान-पोखरा सिधा हवाई उडान हुने
पोखरा । भुटानदेखि पोखरा सिधा हवाई उडान हुने भएको छ ।
९ सेप्टेम्बरका दिन भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको हो ।
चार्टर्ड उडानको रूपमा न्यारोबडी जहाजले उडान भर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको बताइएको छ ।
१ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा हाल आन्तरिक तर्फको उडान भएता पनि अन्तर्राष्ट्रिय उडान व्यावसायिक रूपमा हुन सकेको छैन ।
चार्टर्ड उडान भने चीनबाट पनि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्