तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो

काठमाडौँ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय कायम भएको छ । 

पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० कायम छ । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button