तपाईँ सुन्दै हुनुहुन्छः

सर्पको टोकाइबाट ३० वर्षीय सरिता चमारको मृत्यु

बाँके । विषालु सर्पको टोकाइबाट बाँकेमा एक विद्यालय सहयोगीको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकि विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको उपचारको क्रममा मृत्यु भएको हो ।

भदौ ५ गते मङ्गलवार राती ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई नाम नखुल्ने विषालु सर्पले टोकेको थियो । बिहान सम्म सुतिरहेको गम्भीर अवस्थामा चमारलाई देखेपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुर्‍याइएको थियो ।

उपचारका क्रममा पाँच दिनपछि आइतबार बेलुका करिब ८ बजेतिर उहाँको मृत्यु भएको भेरी अस्पतालका चिकित्सक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो।

उहाँलाई राती घरमा सुतिरहेको अवस्थामा सर्पले खुट्टामा टोकेको थियो । अस्पताल ल्याउन ढिलाइ भइसकेको थियो विष शरीरभरि फैलिसकेको हुँदा लाखौँ प्रयास गर्दा नि बचाउन नसकेको डा. आचार्यको भनाई रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button