तपाईँ सुन्दै हुनुहुन्छः

‘धार्मिक सद्भाव कायम राख्न सबैको भूमिका अपरिहार्य’

सुनसरी । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशैभरि फैलने खतरा रहेकोले धार्मिक सद्भाव कायम राख्न सबैको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।

आइतबार नेपाली काँग्रेस सुनसरी क्षेत्र नं–१ ले सञ्चालन गरेको ‘ग्रिन एन्ड क्लिन धरान अभियान –२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अस्थिरता चाहने तत्त्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोशिस गरिरहेकोले यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको उल्लेख गर्दै धर्मका नाममा कसैले राजनीति गर्न नहुने बताउनुभयो ।

उत्तेजना र बहकाउमा नलागी जातीय तथा धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानवासीमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button