तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारहरूले माटो सुहाउँदो समाजवादबारे छलफल अघि बढाउनुपर्छ’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पत्रकारहरूले नेपाली माटो सुहाउँदो समाजवाद कस्तो हुन्छ भन्ने विषयमा छलफल अघि बढाउनुपर्ने बताउनुभएको छ ।

file photo

काठमाडौँमा आज आयोजित समाजवादी प्रेस सङ्गठनको दोस्रो स्थापना भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले विश्वमा भएका समाजवादी देशहरू कसरी सञ्चालन भएका छन् भन्ने विषयमा समाजवादी प्रेस सङ्गठनका पत्रकारहरूले गहन अध्ययन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्र हुनुपर्ने लेखिए पनि व्यवहारमा लागु गर्न नसकिएको भन्नुहुँदै यस विषयमा विस्तृत छलफल र बहसको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा सम्मानित नेता झलनाथ खनालले आफ्नो पाटी वैज्ञानिक समाजवादका लागि लडिरहेको बताउनुभयो ।

नेता खनालले सरकारले नयाँ नीति अबलम्बन गर्दै देशमा महँगी नियन्त्रण र कृषि क्षेत्रको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले देशमा हाल वित्तीय पुँजीवाद व्यापक रुपमा बढेको भन्नुहुँदै यस्ता शोषणका विरुद्ध आफ्नो पाटी लड्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button