तपाईँ सुन्दै हुनुहुन्छः

सन्दिप लामिछानेविरुद्धको मुद्दामा सुनुवाई हुँदै

काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाई हुने भएको छ । 

काठमाडौं जिल्ला अदालतमा सुनुवाई भइरहेको क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ ।

नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । 

काठमाडौँ  जिल्ला अदालतमा जारी सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दामा आज अन्तिम सुनुवाइ दाबी गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button