तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री बस्नेतद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बाढीग्रस्त सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायत क्षेत्रको  निरीक्षण गर्नुभएको छ  ।

अविरल बर्षाका कारण बाटो अवरुद्ध भएपछि त्यहाँको वस्तुस्थिति बुझ्न र स्थानीयबासीलाई सान्त्वना दिन मन्त्री बस्नेतले हेलिकप्टरबाट शनिबार सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायतका क्षेत्रको  निरीक्षण गर्नुभएको हो । मन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ ।

अविरल वर्षका कारण सिन्धुपाल्चोकको ग्याल्थुममा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरू, चनौटे बेलिबृज, मेलम्ची बेलिबृज लगायत केही घरहरूमा बाढीले क्षति पुर्याएको छ ।

मन्त्री बस्नेतले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतको कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभयो । बाढी प्रभावित क्षेत्रका बासिन्दाको राहत र उद्धारका लागि मन्त्री बस्नेतले बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक  जिल्ला सचिव रमेश राज भण्डारी, मेलम्ची नगर उपसभापति रामशरण गिरी लगायतका नेताहरूलाई पनि त्यहाँ खटाइएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button