तपाईँ सुन्दै हुनुहुन्छः

पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

बाँके । खोला र पोखरीमा डुबेर बाँकेमा दुई जनाको मृत्यु भएको छ । 

जानकी गाउँपालिका ४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

साथीहरूसँग खोलामा नुहाउन गए बर्मा नालामा बेपत्ता भएका थिए । उनलाई साथीहरूले झण्डै १५ मिनेटपछि पानीबाट निकालेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका १ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ । बैजनाथ गाउँपालिका ३ एलवी चोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको डिएसपी डाँगीले बताउनुभयो।

उनीसँगै पौडी खेल्न गएका अन्य दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान भइरहेको डाँगीले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button