तपाईँ सुन्दै हुनुहुन्छः

शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवागमन बन्द

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवागमन बन्द गरिएको छ। नदीमा जलस्तर बढेपछि पुलमा चार पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।

महाकालीमा पानीको बहाव १ लाख १० हजार २९० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाउने गरिएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button