भ्रष्टाचार विरुद्धको अभियानबाट जनतामा आशा जागेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचार विरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताउनुभएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताउनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामन्तवादको अवशेषका रूपमा रहेको मिटर ब्याजसम्बन्धी समस्या समाधान गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचार विरोधी कदमकै निरन्तरता रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्