तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगिता हुने 

पाल्पा । पाल्पामा प्रथम रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगिता हुने भएको छ । तानसेनको टुँडिखेलमा यही भदौ १८ गतेदेखि २१ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । आयोजक श्रीनगर भलिबल क्लबले आज पत्रकार सम्मेलन गरि प्रतियोगिता सञ्चालन गर्न आठ लाख ५० हजार बढी खर्च हुने जनाएको छ । 

प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १ सय ११, द्वितीय पुरस्कार ७७ हजार ७ सय ७७, तृतीय पुरस्कार ४४ हजार ४ सय ४४ र सान्त्वना हुनेले २२ हजार २ सय २२ रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगिताका १० वटा बढी टिम सहभागी हुने बताइएको छ ।

पाल्पालाई खेलकुदको हब बनाउन विभिन्न प्रतियोगिता आयोजना हुने वातावरण तयार गर्न जिल्ला खेलकुद बिकास समिति लागेको समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले बताउनुभयो । प्रतियोगितामा विभिन्न राष्ट्रिय खेलाडीहरू समेत सहभागी हुने अपेक्षा राखेको क्लबका सचिव दिपक चौहानले बताउनुभयो ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button