तपाईँ सुन्दै हुनुहुन्छः

महिला टी–२० सिरिज : नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसिया विरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । 

जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ ।  

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । 

यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो । 

मलेसिया विरुद्धको खेलमा टस हारेपछि नेपाल अहिले ब्याटिङ गरिरहेको छ । नेपालले केही बेर अघिको खेलमा पाँच ओभर खेल्दै एक विकेटको क्षतिमा २३ रन बनाएको छ । नेपालले पहिलो ओभरको पाँचौँ बलमा पूजा महतोको रूपमा पहिलो विकेट गुमाएको छ । इन्दु बर्मा र काजल श्रेष्ठले अहिले खेलिरहेका छन् ।  

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन् । 

यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरूप नेपालले उक्त सिरिज खेलिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button