तपाईँ सुन्दै हुनुहुन्छः

‘आजसम्म भएका सबै प्रकरणको निष्पक्ष छानविन गरिन्छ’

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अवैध रुपमा भित्रिएका सुन तस्करीका सम्बन्धमा सूक्ष्म ढंगले छानविन गरिने बताउनुभएको छ ।

साउन ३० र भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले हालै भएको अवैध सुन तस्करी मात्र नभई पटक पटक गरी आजसम्म भएका सबै प्रकरणको निष्पक्ष रुपमा छानविन गरिने बताउनुभयो ।

file photo

मन्त्री शर्माले अवैध रुपमा हुने सबै किसिमका तस्करीको अध्ययन अनुसन्धान गरी यसको अन्त्यका लागि कानुनी, नीतिगत र संरचनागत व्यवस्थालाई थप सुदृढ गरिने पनि बताउनुभयो ।

मन्त्रीपरिषद् बैठकले न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने र गीतसङ्गीत मार्फत राष्ट्रलाई गरेको योगदानको कदर स्वरूप स्वर्गीय जे.बि. टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले भूउपयोग पहिलो संशोधन नियमावली २०८० स्वीकृत गर्ने, विज्ञान प्रविधि तथा नव प्रवर्तन सम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

प्रवक्ता शर्माले कर्जा सुरक्षण चौथो संशोधन नियमहरू २०८०, धितोपत्र दर्ता तथा निष्काशन सातौँ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने र राष्ट्रिय खानेपानी सरसफाइ तथा स्वच्छता नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button