सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ : मन्त्री बस्नेत
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अहिले सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउनुभएको छ ।

राम्रो भएर नै सरकारी अस्पतालमा बिरामीको चाप भएको भन्दै उहाँले अझै राम्रो बनाउन लागिपर्ने बताउनुभयो । यसअघि भनसुनको भरमा ८ सय बढी स्वास्थ्यकर्मी काजमा केन्द्रमा नै बसेका र अहिले त्यो सबै अन्त्य भएको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माण सम्बन्धी कार्यक्रमहरूको वार्षिक समीक्षामा मन्त्री बस्नेतले ‘जनप्रतिनिधिहरूले पनि राम्रो काम गरेका छन् है’ भन्ने गरी जनताको अपेक्षा अनुसार काम गर्ने बताउनुभयो ।
मन्त्री बस्नेतले अहिले देशभरका संघीय अस्पतालमा मात्रै ३ हजार ५ सय बेडमा निःशुल्क उपचार हुने व्यवस्था गरिएको र आगामी दिनमा अझै वृद्धि गरिने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्