जनकपुरधामको आरती मृत्यु प्रकरणको छानविन शुरु
जनकपुरधाम । जनकपुरधामको आरतीको मृत्यु प्रकरणको छानविन गर्नका लागि नेपाल प्रहरीले गठन गरेको उच्च स्तरीय छानविन समितिले छानविन गरिरहेको छ ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक विकास खनालको नेतृत्वमा रहेको छानविन समितिले आरती मृत्यु प्रकरणका विषयमा सूक्ष्म अनुसन्धान थालेको छ ।
आरती मृत्यु प्रकरणमा छानविन गर्नका लागि बनेको छानविन समितिले मृत्यु भएको घटना स्थल, मृतकका माईती तथा ससुराली पक्षका आफन्तहरू, छिमेकीहरूसँग, आरेक नेपाल तथा अन्य निकायका पदाधिकारीहरू सँग जानकारी लिएको छानबिनमा संलग्न रहनु भएका समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनु भयो ।
आरती साहका आमा बुबा, बहिनी तथा भाई सहितका आफन्तहरू घटनाको निष्पक्ष छानबिनको माग गर्दे काठमाण्डौको माइतीघर मण्डलामा लामो समयदेखि धर्ना दिँदै आएका थिए । माईती पक्षले आरतीको हत्या भएको भन्दै छानबिनका माग गर्दै आएका छन् ।
मृतकका ससुराली पक्षले आरती साह आफै आत्म हत्या गरेको भन्दै आएपनि प्रहरीले केही नगरेको भन्दै आएपनि आन्दोलनको दबाबमा प्रहरीले आरतीका ससुराली पक्षका ससुरा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पछिल्लो पटक काठमाण्डौमा आरतीका आफन्तहरू निषेधित क्षेत्रमा धर्ना दिँदा प्रहरीले पक्राउ गरेपछि आरती मृत्यु प्रकरणले अझ बढी चर्चा पाएको थियो । नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय प्रहरीको छानविन समिति बनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्