तपाईँ सुन्दै हुनुहुन्छः

दशगजामा भारतीय एसएसबीले राखेको व्यारियल हटाइयो

कञ्चनपुर । नेपाल–भारत सीमा दशगजामा भारतीय एसएसबीले राखेको व्यारियल हटाइएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका १० भुडा स्थित नेपाली भूमिमा भारतीय एसएसबीले व्यारियल राखेको खबर थाहा पाएपछि सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का समकक्षी बिचको छलफलबाट उक्त व्यारियल हटाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो ।

नेपाली भूमि भुडाबाट भारतको कम्पोजनगर जाने बाटोमा दशगजामै पर्ने गरी भारतीय एसएसबीले बाँसको व्यारियल राखेपछि भारतीय समकक्षीसँग कुरा गरेर हटाइएको सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले बताउनुभयो ।

व्यारियल राखेकै ठाउँ नजिकै एसएसबीको अस्थायी क्याम्प छ । उक्त क्याम्प पनि हटाउन नेपाली पक्षको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button