तपाईँ सुन्दै हुनुहुन्छः

‘भोकेसनल अवार्ड’ बाट गायक पोखरेल सम्मानित

काठमाडौँ । रेडियो नेपाल सञ्चालक समिति सदस्य तथा गायक सिताराम पोखरेल ‘भोकेसनल अवार्ड’ बाट सम्मानित हुनु भएको छ ।

रोटरी क्लब अफ विराटनगरले आफ्नो ४७ औँ वार्षिक अवसर पारेर आयोजना गरेको एक भव्य कार्यक्रममा पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो ।

विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मोडलिङमा सक्रिय पोखरेलले केही अगाडि भारतमा ‘दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’  बाट सम्मानित हुनुभएको थियो ।

गायनमा पोखरेलको तीन दशकभन्दा लामो समयदेखिको योगदानको कदर गर्दै अवार्ड क्लबका डिष्ट्रज गभर्नर राजेन्द्र प्रसाद धौजु र क्लबका अध्यक्ष कमल बस्नेतले प्रदान गर्नुभयो ।  

गायक पोखरेलका सयौँ गीत बाहिर आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button