तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज नाकाबाट डिजेल आयात सबैभन्दा धेरै, झण्डै ७ अर्ब राजश्व सङ्कलन

नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले एक वर्षमा डिजेल आयातबाट सबैभन्दा धेरै राजश्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा डिजेल आयातबाट ६ अर्ब ९७ करोड २ लाख ८२ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको भन्सार अधिकृत समेत रहनुभएका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त अवधिमा १ लाख ३९ हजार ४ सय किलोमिटर डिजेल भित्रिएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

डिजेलपछि आयात धेरै हुनेमा चामल रहेको छ । गत आर्थिक वर्षमा भारतबाट ४ अर्ब ७३ करोड ६० लाख १० हजार मूल्यको ६ करोड १८ लाख ७९ हजार ९ सय ४० किलोग्राम चामल आयात भएको छ । चामल आयातबाट गएको बर्ष ५४ करोड ८८ लाख ९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

यस्तै ४ अर्ब ६५ करोड ६५ लाख ६ हजार रुपैयाँको खाना पकाउने ग्यास नेपालगञ्ज नाकाबाट भित्रिएको थियो । एलपी ग्याँसबाट ८६ करोड ८५ लाख ८८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । यसैगरी नेपालगञ्ज नाकाबाट ४ अर्ब ६३ करोड ७० लाख ६६ हजार रुपैयाँको ४७ हजार ३ सय ३२ किलोमिटर पेट्रोल आयात भएको थियो । पेट्रोलबाट २ अर्ब ६९ करोड ९५ लाख ७५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button