काँग्रेसको अनुशासन समितिमा सदस्यहरु मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’ मा सदस्यहरु मनोनीत गर्नुभएको छ ।
सभापति देउवाले आज समितिको सदस्यहरूमा पार्टीका केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी, पार्टीको विधान बमोजिम काँग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्