तपाईँ सुन्दै हुनुहुन्छः

गाई भैँसीलाई सुत्केरी भत्ता दिदैं कोहलपुर

बाँके । कोहलपुर नगरपालिकाले गाई, भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।

नगर कार्यपालिकाको कार्यालय पशुसेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । उहाँले सुत्केरी गाईभैसीलाई दुई हजार भत्ता दिइने बताउनु भयो ।

उक्त कार्यका लागि नगरपालिका भित्र रहेका पशुपालक कृषकहरूले पालन गरेका पशु (गाई, भैँसी) को लगत लिन सूचना नै जारी गरेको छ । यसअघि समेत दिइने आएको पशुलाई सुत्केरी भत्ता कार्यक्रमलाई यसवर्ष समेत निरन्तरता दिइएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

गाई भैँसीलाई सुत्केरी भत्ता दिँदा पनि किसानलाई थोरै राहत मिलेको बताउनु हुन्छ तर सुत्केरी भत्ता अझै बढाएर दिँदा कृषकहरूमा हौसला थपिने स्थानीय कृषक बलिराज जैसीको भनाई रहेको छ। उहाँले कृषकको लागि सरकारले दिइएको अनुदान जो पहुँचवाला छ त्यस्ताले मात्र पाएको त्यो पनि गैर कृषकले पाएको मा दुखेसो गर्दै कृषकको लागि अनुदान भन्दा पनि सौलियत दिनु पर्ने निःशुल्क बिमा दानामा छुट गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button