तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदल बैठक शुरु

काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको मस्यौदा समितिको बैठक बसिरहेको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मस्यौदा समितिको बैठक बसेको हो । हिजो बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थियो ।

बैठकले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका मुख्य सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेलाई दिएको छ । 

समितिले तयार पारेको मस्यौदामा शीर्ष नेताहरूले हस्ताक्षर गर्ने बुझिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button