शीतल निवासमा सर्वदलीय बैठक जारी
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गर्नुभएको सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा सुरु भएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनुभएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बैठक बिहान साढे ८ बजेका लागि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। सङ्घीय संसद् बैठकमा लामो समयदेखि देखिएको गतिरोध अन्त्यका लागि शीर्ष नेतासँग भेटवार्ता गरिसक्नुभएका राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो।









प्रतिक्रिया राख्नुहोस्