झरीमा रुझ्दै हिलेमा लाखे नाच

धनकुटा । धनकुटाको हिले बजारमा सोमबारदेखि नेवारी समुदायको परम्परागत लाखे जात्रा सुरु भएको छ । झरी र कुहिरोको कुनै प्रवाह नै नगरी हिलेमा लाखे नाच सुरु गरिएको हो ।
हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आजबाट झिगुनेवा समाज हिलेले निकाले हो । अन्यत्र गठे मङ्गलबाटै सुरु भएपनि हिलेमा भने नागपञ्चमीबाट लाखे सुरु गर्ने गरिएको छ । स्थानीय युवाहरू संस्कृति र परम्परा अनुसार लाखे जात्रा सुरु गरिएको झिगु नेवा समाज धनकुटाका अध्यक्ष डिजेस शाक्यले बताउनु भयो ।

लाखे नाच अर्थात् विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यङ्ग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन छ । लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंसलाई नाश गरेको दिनमा सकिन्छ ।
जिल्लाका अन्य स्थानमा भने यस अघिनै लाखे नाचु सुरु भइसकेको छ धनकुटामा धनकुटा बजारमा सबै भन्दा बढी लाखे नाच निस्कने गर्दछ धनकुटा बाहेक हिले सहित सिदुवा पाख्रिवास मुलघाट लगायतका स्थानमा समेत लाखे नाच नचाउने गरिएको छ ।











प्रतिक्रिया राख्नुहोस्