तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको कोहलपुर नगरपालिका डुबानमा

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका डुबानमा परेको छ । 

आज बिहानदेखि परेको अविरल वर्षाका कारण कोहलपुर डुबानमा परेको हो । कोहलपुर नगरपालिकाको गोलपार्क, न्युरोड लगायतका क्षेत्र डुबानमा परेका हुन् । कोहलपुरको वडा नम्बर १, २, ८, ९, १०, ११, १४ मा डुबान भएको छ । 

करोडौँको बजेटमा नाला निर्माण गरिए पनि अहिले ती नाला जाम हुँदा डुबान भएको हो । पानीको सहज निकास नहुँदा ठुलो वर्षा भएपछि छिनभरमै डुबान हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button