तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै 

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै छ ।

१ महिनाभन्दा लामो समयपछि प्रदेशसभाको बैठक बस्न लागेको हो । प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्ने कार्य तालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

बैठकमा प्रदेशसभा नियमावली संशोधन गर्न समिति प्रस्ताव गर्ने कार्यसूची रहेको छ । 

यसअघि प्रदेश सभाको बैठक असार ३० गते बसेको थियो । उक्त बैठकले प्रदेश सरकारले ल्याएको चालू आवको बजेट पारित गरेको थियो । त्यसपछि प्रदेश सभाको बैठक बसेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button