तपाईँ सुन्दै हुनुहुन्छः

साँगामा स्कुले विद्यार्थीहरूलाई शेयर बजार प्रशिक्षण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नेपाल प्रहरी स्कुल, साँगामा शेयर मार्केट सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

इन्टर्याक्ट क्लब अफ भक्तपुर एण्ड काभ्रे भ्याली र इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कुल साँगाको संयुक्त आयोजनामा भएको तालिममा २ सय ८० जनाको सहभागिता रहेको इन्टर्याक्ट डिस्ट्रिक्ट ३२९२ का जोनल इन्टर्याक्ट रिप्रिजेन्टेटिभ अनमोल सिलवालले जानकारी दिनुभयो ।

सिलवालका अनुसार कार्यक्रमले शेयर बजारसम्बन्धी जानकारी दिइनुका साथै कार्यक्रम स्थलमै सहभागीहरूको डिम्याट खाता समेत खोलिएको थियो । कार्यक्रमले वित्तीय साक्षरता र जागरूकताको प्रसारमा महत्वपूर्ण जानकारी दिएको उहाँको भनाइ छ ।

तालिमका सहभागीहरूलाई सचिन सिलवाल, शिव चन्द र श्रीहरि कार्कीले शेयर बजारको परिप्रेक्ष्य, निवेश रणनीतिहरू र सुस्त वित्तीय निर्णयहरूबारे प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button