नेकपा एकीकृत समाजवादीको पोलिट ब्युरो बैठक जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको पोलिट ब्युरो बैठक जारी छ ।
काठमाडौँमा जारी बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्ने लगायत विभिन्न विषयमा छलफल जारी रहेको पाटी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

पोलिट ब्युरो बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदन लगायत विविध विषयमा छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्