पचरौता नगरपालिकाका उपप्रमुख नसिमा खातुनमाथि आक्रमण
बारा । बारा पचरौता नगरपालिकाका उपप्रमुख नसिमा खातुनसहित उहाँका घरपरिवारमाथि गएराती आक्रमण भएको छ ।
घरमा बसिरहेका बेला पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको आरोप लगाइएको छ । आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् ।
घाइतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाइते भएको जानकारी आफूले पाएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो । प्रहरी उपरीक्षक बोगटीले घटनास्थलको स्थिति अहिले सामान्य रहेको र दुवै पक्षका घाइतेको उपचार भइरहेको बताउनुभयो ।
घट्नाको विषयमा कुनै पक्षबाट अहिलेसम्म उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उप प्रमुख खातुनको छोराले क्लबको रकम राखेको विषयलाई लिएर दुई पक्षबीच झडप भएको स्थानीयले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्