तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि सोमबार

काठमाडौँ I संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदबाट प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ भोली बिहान साढे ११ बजे गर्ने भएको छ । 

समितिले आज प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध परेका उजुरी सांसदहरूलाई अध्ययनका लागि वितरण गरेको छ । 

समितिले भोली बिहान साढे १० बजे उजुरी कर्तासँग छलफल गरेर साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध ३ वटा उजुरी परेको छ । जसमध्ये १ जना मात्रै उजुरीकर्ता छलफलमा सहभागी हुने समितिले जनाएको छ ।

संसदीय सुनुवाइ समितिको गत साउन २३ गते बसेको बैठकले प्रधान न्यायाधीशमा प्रस्तावित वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध उजुरी दिन १० दिनको समय सीमा दिएको थियो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button