दोषीलाई उन्मुक्ति दिनु हुँदैन : काँग्रेस महामन्त्री थापा
इलाम । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएकाहरूलाई उन्मुक्ति दिने गरि गठबन्धनको बैठकमा छलफल हुन नहुने बताउनुभएको छ ।

नेपाली काँग्रेसको इलाम नगर सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले जोसुकै भए पनि गल्ती गर्नेलाई कारबाही हुनुपर्ने धारणा राख्नुभयो । उहाँले गठबन्धनसहित शीर्षस्थ व्यक्तिबिचको भेटघाट समेत लाइभमार्फत पारदर्शी गरिनुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले अहिलेको निराशालाई समाधान गर्नुपर्ने दायित्व काँग्रेसको रहेको बताउनुभयो ।
पार्टीमा गुटबन्दी हटाउन क्रियाशील सदस्य र उम्मेदवारको टिकट वितरण प्रणाली सुधार्नुपर्ने धारणा उहाँले राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्