‘नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ’
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताउनुभएको छ ।

आज नेपाल–बङ्गलादेश मैत्री सङ्घले काठमाडौँमा आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रममा उहाँले नेपाल– बङ्गलादेशको सम्बन्ध परापूर्व कालदेखिको रहेकाले हाम्रो सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले नेपाल, भारत र बङ्गलादेश नजिकका मित्र देश भएकाले हाम्रो एक आपसमा मित्रता अधिक रहेको र एक अर्कालाई दुःख पर्दा हामीले एक आपसमा सहयोग आदान प्रदान गर्न आवश्यक रहेको समेत बताउनुभयो ।
नेपाल–बङ्गलादेश मैत्री सङ्घले आयोजना गरेको नेपाल, भारत र बङ्गलादेशका स्रष्टाहरूलाई अवार्ड वितरण तथा सम्मान समारोह कार्यक्रमले तीन देशबीचको मित्रता अझ थप प्रगाढ भएको मन्त्री भण्डारीको भनाइ थियो ।
दिपायल सिलगढी नगरपालिका डोटीका प्रमुख बाजीसिंह खड्काले नेपाल र बङ्गलादेशको सम्बन्धलाई सधा सर्वदा कायम राख्नतर्फ सधैँ अग्रसर रहने बताउनुभयो । उहाँले बङ्गलादेशका नागरिकहरूलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड, बडिमालिका, अपिसैपाल, बडिकेदार लगायतका स्थानहरूको भ्रमणका लागि आग्रह समेत गर्नुभयो ।
समारोहमा नेपाल, भारत र बङ्गलादेशका दर्जनौँ स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्