असोजको पहिलो साता चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ हुँदै

चितवन । लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोजको पहिलो साता चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ हुने भएको छ । मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्ने हेतुले अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको हो । हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले अवार्डको तयारी तीव्र पारिएको जानकारी दिनुभयो ।
अवार्डको कार्यक्रममा दुई दर्जन विधामा कलाकारहरूलाई सम्मान गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौ । कलाकारहरू सँग बसेर मिति तय गर्ने छौँ । छिट्टै मिति घोषणा हुन्छ ।” चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचार प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएको उहाँले बताउनु भयो ।
विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया तथा भेटघाटका कार्यक्रमहरू अघि बढिरहेको कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले नोमिनेसनको कामलाई पनि निरन्तरता दिएका छौँ ।”
चलचित्र उद्योगको प्रवर्द्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको उहाँ बताउनुहुन्छ । बि.सं. २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसको प्रवर्द्धनका लागि यस्ता विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्