गिरिको पहिलो वार्षिकीमा काठमाडौँदेखि काशीसम्म कार्यक्रम गरिने
काठमाडौँ । नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्गीय प्रदीप गिरिको पहिलो वार्षिकी विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
प्रदीप गिरि पावन स्मृति आयोजक समितिले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी भदौ २ शनिबारदेखि भदौ ५ गते मङ्गलबारसम्म ‘प्रदीप गिरिको पावन स्मृतिमा लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौँदेखि काशीसम्म’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

भदौ २ गते शनिबार बिहान ८ बजे पशुपतिनाथमा स्व गिरिलाई श्रद्धाञ्जली सभाको आयोजना गरिने तथा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ–काशी यात्राको समुद्घाटन र यात्रीहरूको बिदाई गर्नु हुने प्रदीप गिरि पावन स्मृति आयोजक समितिका संयोजक कञ्चन झाले जानकारी दिनुभयो ।
भदौ ४ गते भारतको बनारस र काशी (वाराणसी) मा बिहान सबेरै विधिअनुसार बनारसस्थित प्रदीप गिरिका निकटस्थहरू समेतको समुपस्थितिमा अस्तु विसर्जन गरिने प्रदीप गिरि पावन स्मृति आयोजक समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्