राष्ट्रपति समक्ष राजदूत द्वयद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्य र भियतनामका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका नवनियुक्त गैरआवासीय राजदूत गुएन थान हाईले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्