ट्रक र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमा नै मृत्यु

काभ्रेपलाञ्चोक । ट्रक र मोटरसाइकल एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गअन्तर्गत मिराबेल चोकमा ट्रक र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिँदा प्युठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ का सुरज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गिरिको शव अहिले धुलिखेल अस्पताल लगिएको छ ।
ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्