अब क्रिकेटमा पनि ‘रेड कार्ड’ को प्रयोग हुने
काठमाडौँ । अब क्रिकेटमा पनि ‘रेड कार्ड’ को प्रयोग हुने भएको छ ।
वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डको यस्तो नयाँ नियम आउने भएको हो ।
सीपीएलको पुरुष तथा महिला दुवै प्रतियोगितामा ‘रेड कार्ड’ को प्रयोग गरिने जनाइएको छ । यदि कुनै टिमले तोकिएको समयभित्र आफ्नो कोटाको २० ओभर पूरा नगरेमा ‘स्लो ओभर रेट’ अन्तर्गत यो नियम लागू हुनेछ ।
आउँदो बिहीबारदेखि शुरु हुने प्रतियोगितामा यो नियम पहिलो पटक प्रयोग हुन लागेको हो ।
सीपीएलका प्रतियोगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–ट्वान्टी क्रिकेटको अवधि बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न ‘रेड कार्ड’ को नियम लागू गरिएको बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्