फिफा महिला विश्वकप : स्पेन फाइनल प्रवेश
काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गरि स्पेन पहिलो पटक फाइनल प्रवेश गरेको छ ।
मङ्गलवार न्युजिल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनलाई २–१ गोलअन्तरले पराजित गरेको हो । सुरुआती ६ संस्करणमा सहभागिता नजनाएको स्पेन सातौँ संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रिक्वाटर फाइनलबाट बाहिरिएको थियो ।
स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोनाले समान १–१ गोल गरिन् । उता स्विडेनका लागी ब्लोभिस्टले १ गोल गरिन् ।
स्पेनले अब उपाधिका लागी बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र सह–आयोजक अस्ट्रेलिया खेल्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्