तपाईँ सुन्दै हुनुहुन्छः

बरंजाका जनप्रतिनिधिको किवी खेती 

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडानम्वर ४ बरंजाका वडा सदस्य हरि पुनले व्यावसायिक रुपमा किवी खेती  अघि बढाउनु भएको छ।

 वडा सदस्यको जिम्मेवारीमा समेत रहनुभएका धापुङका पुनले व्यवस्थित रुपमा लगाउनुभएको २० बिरुवा मध्ये केही बिरुवाले राम्रो उत्पादन गरेपछि अहिले उहाँ यसलाई विस्तार गर्ने योजनामा हुनुहुन्छ ।

लगाएको किवी खेती राम्रो भएपछि ब्यवसायीक रुपमा अघि बढाउने योजनामा आफुहरुेको  उहाँले बताउनुभयो । ‘किवी खेतीसँगै गरेको अलैँची खेतीमा सिँचाइको अभावले राम्रो हुन सकेको छैन । किवीसँगै आलु लगायतको नगदे तरकारी खेती गर्दै आएको छु’– उहाँले भन्नुभयो । धापुङमा उहाँजस्तै अन्य किसानले पनि  किवी खेतीमा मन लगाइरहनुभएको छ। 

किवी खेती लगाउनुभएका वडा सदस्य पुनले वडाभित्र व्यावसायिक  किवी लगायतको खेती गर्ने कृषकको उत्पादनलाई बजार सुनिश्चित गराउनका लागि गाउँपालिकामा पहल गरिरहेको बताउनुभयो  ।

वडानम्वर ४ का वडाअध्यक्ष लालबहादुर रोकाले वडाभित्र किवीसँगै आलु र सुन्तला खेतीलाई प्राथमिकता दिएको बताउनुभयो । आगामी दिनमा वडाभित्र कृषकले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नका लागि सडक लगायतको पूर्वाधार निर्माणमा ध्यान दिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button